काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापतिमा पूर्वअर्थमन्त्री डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।
उपसभापतिको पुरुषतर्फको एक पदमा उम्मेदवारी दिएका पूर्वऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन् ।
श्रेष्ठले वाग्लेको प्रस्तावकको भूमिकासमेत निर्वाह गरेका छन् ।
स्रोतका अनुसार वाग्लेलाई निर्विरोध बनाउन सभापति रवि लामिछाने मध्यरातसम्म सक्रिय भएका थिए ।
लामिछानेको आग्रहपछि श्रेष्ठ उम्मेदवारीबाट पछि हटेका हुन् ।
रास्वपाको विधानअनुसार पार्टीमा पुरुषतर्फ एक र महिलातर्फ एक गरी दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने व्यवस्था छ ।
यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।