रञ्जु दर्शनाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाण्डु टुडे २०८३ असार ११ गते २२:४३ मा प्रकाशित

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीमा रञ्जु दर्शनाले महामन्त्रीमा उम्मेदवारी दिएकी छन् ।

केन्द्रीय सदस्यको निर्वाचन परिणााम सार्वजनिक भएलगत्तै दोश्रो चरणमा पदाधिकारीको निर्वाचन हुँदैछन ।

सामाजिक सञ्जाल फेसबुकमार्फत रञ्जुले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

रञ्जु गत फागुनको निर्वाचनअघि विवेकशील साझा पार्टीबाट समायोजनपछि रास्वपा केन्द्रीय समितिमा छिन् । उनी काठमाण्डु १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

महामन्त्रीमा यसअघि वर्तमान महामन्त्री कबिन्द्र बुर्लाकोटी, निवर्तमान सहमहामन्त्री विपिनकुमार आचार्य, परराष्ट्मन्त्री शिशिर खनाल, प्रवक्ता मनिष झालगायतले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us