सशस्त्रले सीमा क्षेत्रमा सादा पोशाकमा बीआईटी परिचालन गर्ने

काठमाण्डु टुडे २०८३ असार ११ गते १८:१५ मा प्रकाशित

काठमाण्डु– सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा बोर्डर इन्टरयाक्सन टिम (बीआईटी) परिचालन गर्ने भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले पहिलो चरणमा पाइलट प्रोेजेक्टका रुपमा मुख्य नाकाहरुमा बीआईटी परिचालनको तयारी भएको जानकारी दिए ।

बलको मुख्यालय हल्चोकमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महानिरीक्षक पौडेलले उक्त योजना क्रमशः सबैतिर विस्तार गर्दै लगिने बताए ।

उनका अनुसार बीआईटीले राजश्व चुहावट र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा भूमिका खेल्नेछ ।

सशस्त्रले सादा पोशाकमा बीआईटी खटाउने तयारी गरेको जानकारी पौडेलले दिए ।

चुस्ता नलगाए पनि बीआईटीका सदस्यहरुले एकै खालको पोशाक लगाउने उनले उल्लेख गरे ।

भारतीय एसएसबीले यअसघि नै सीमामा बीआईटी टिम परिचालन गर्ने गरेको भन्दै उनले नागरिक र एसएसबीसँगको समन्यवमा काम गरिने स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us