रास्वपाको नयाँ कार्यतालिका सार्वजनिक, पदाधिकारीको चुनाव सवा ९ बाट

काठमाण्डु टुडे २०८३ असार ११ गते १७:३६ मा प्रकाशित

काठमाण्डू, ११ असार– राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय निर्वाचन कार्यतालिका ५ औँ संशोधनसहित प्रकाशित गरेको छ । प्रवासबाहेक पहिलो चरणको निर्वाचन गरेको रास्वपाको निर्वाचन आयोगले नयाँ कार्यतालिका सार्वजानिक गरेको हो ।

पहिलो चरणको निर्वाचनको परिणाम अझै घोषणा गर्न नसकेको रास्वपाले दोस्रो चरणको निर्वाचनको कार्यतालिका पनि ल्याएको छ। दोस्रो चरणको निर्वाचन राती ९ः१५ बजेबाट सुरु हुने रास्वपाले जनाएको छ ।

पार्टी पदाधिकारीको मत परिणामको घोषणा राति १ः३० बजे गर्ने उल्लेख छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us