काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदको दाबेदारीबाट पछि हटेका छन् ।
नेतृत्वको सहमतिको चाहनालाई सम्मान गर्दै उनले महामन्त्री पदको निर्वाचनबाट पछि हट्ने निर्णय गरेको जानकारी फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।
‘पार्टी एकता, संस्थागत सुदृढीकरण तथा नेतृत्वको सहमतिको चाहनालाई सम्मान गर्दै पहिलो ऐतिहासिक महाधिवेशनबाट प्राप्त उपलब्धिको संस्थागत विकास र पार्टीलाई थप सशक्त बनाउन मैले दाबी गरेको पार्टीको महामन्त्री पदको निर्वाचनबाट पछि हट्ने निर्णय गरेको छु,’ उनले लेखेका छन्, ‘यस निर्णयले अन्य आकांक्षी साथीहरूलाई पनि सहमतिको बाटोमा जान सहज बनाउनेछ भन्ने अपेक्षा लिएको छु ।’
खनालले आफूलाई केन्द्रीय सदस्यमा मतदान गर्ने देशभित्र तथा प्रवासमा रहेका प्रतिनिधिप्रति आभार पनि व्यक्त गरेका छन् ।