भारतमा तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ वैशाख २५ गते १८:५४ मा प्रकाशित

एजेन्सी– छिमेकी देश भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको गंगनानी क्षेत्रमा बिहीबार तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

हेलिकप्टरमा पाइलटसहित सात जना यात्रु रहेको खुलेको भारतीय सञ्चारमाध्यम हरुले जानकारी दिएका छन । जसमा पाँच महिला र दुई पुरुष छन् । हेलिकप्टरमा महाराष्ट्रका तीन, आन्ध्र प्रदेशका दुई र उत्तर प्रदेशका एक यात्रु रहेको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुर्घटनापछि उत्तराखण्ड प्रहरी, एसडीआरएफ, दमकल र मेडिकल टोली घटनास्थलमा पुगेको जनाइएको छ ।

हेलिकप्टर दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन । उत्तरकाशी जिल्ला विपद् व्यवस्थापनले बिहीबार बिहान ८ः४० बजे गंगनानी नागराज मन्दिर नजिकै हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त भएको जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us