
काठमाण्डू, २५ असार– मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढ्ने देखेपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले ग्रामीण सडकहरूमा सवारी साधन सञ्चालनका लागि समय निर्धारण गरेको छ ।
आज बुधबारदेखि लागू हुने गरी १५ दिनसम्मका समय तोकिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । असार २३ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
बर्सातको समयमा हुन सक्ने सम्भावित क्षतिबाट यात्रु तथा सवारी साधनलाई जोगाउन यस्तो निर्णय बुधबार जारी सूचनामा उल्लेख गरीको छ । अब अत्यावश्यकबाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरूले तोकिएको समयमा मात्र यात्रा गर्न पाउनेछन् ।
बैठकले विरेठाँटीबाट घान्द्रुक, विरेठाँटीबाट उल्लेरी र लुम्लेबाट लान्द्रुक जाने सवारी साधनहरू साँझ ५ बजेभित्र छुटिसक्नुपर्नेछ । उता घान्द्रुक, उल्लेरी र लान्द्रुकबाट विरेठाँटी र लुम्लेतर्फ आउने सवारी साधनहरूले भने बिहान ५ बजेपछि मात्र यात्रा गर्न पाउनेछन् ।