अभियान माओवादीको नभई राष्ट्रिय बन्यो:प्रचण्ड

काठमाण्डु टुडे २०८२ वैशाख १७ गते २०:२२ मा प्रकाशित

कञ्चनपुर, १७ वैशाख– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको ‘जनतासँग माओवादी तराई(मधेश जागरण अभियान’ माओवादीको मात्र नभएर राष्ट्रिय अभियानको रूपमा परिभाषित गरेका छन् ।

बुधबार कञ्चनपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यो अभियानको प्रभावलाई अझ विस्तार गर्ने बताए ।

‘यो अब केवल माओवादीको अभियानमा सीमित छैन, बरु तराई(मधेशका विभिन्न राजनीतिक दलहरूको साझा अभियान बनेको छ’, उनले भने, ‘अहिले यो अभियान माओवादीको मात्र होइन, यो राष्ट्रिय अभियान बनिसकेको छ । यो अब तराई(मधेशका सबै राजनीतिक दलहरूको साझा प्रयास बनेको छ ।’

उनले अभियानका क्रममा आफूहरूले विभिन्न माग र सुझावहरू प्राप्त गरेका छन् । त्यसको आधारमा काम अघि बढाइने उनले बताए । आफूहरुले अभियानका क्रममा धेरै सुझाव र आलोचनाहरू प्राप्त गरेको भन्दै त्यसलाई पुस्तकाकारका रुपमा तयार पार्ने उल्लेख गरे ।

अभियानले तराई–मधेशको विकासका सम्बन्धमा यस अभियानले राष्ट्रिय सहमति र समझदारी निर्माण गर्न मद्दत पुर्याएको विश्वास व्यक्त गरे । ‘यो अभियानले अभूतपूर्व राष्ट्रिय एकताको आधार तयार गरेको छ र नयाँ आर्थिक क्रान्तिको शुरुवात भएको छ । यसले जनतासँगको विश्वास र नेतृत्व बीचको अन्तरसम्बन्धलाई सुदृढ बनाएको छ’, उनले भने ।

अभियान अवधिभर आफूहरु जनतासँगै बसेको र उनीहरूसँगै खाएको तथा शहीद र बेपत्ता परिवारसँग मिलेर दुःख र सुख बाँडेको बताए ।

माओवादीले हुलाकी राजमार्गसँग जोडेर गत १२ फागुनमा झापाको कचनकवलबाट अभियान सुरु गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us