जनताको संविधान निर्माण जारी : राष्ट्रपति मंसुर

काठमाण्डु टुडे २०७० असोज २० गते २:३९ मा प्रकाशित

काठमाण्डु, २० असोज–ईजिप्टका अन्तरिम राष्ट्रपति अदली मंसुरले ईजिप्टेली जनताकोलागि ईजिप्ट सरकारले संविधान निर्माण गरिरहेको बताएका छन् । ईजिप्टेली जनता ६ अक्टुबरका दिन ईजेप्टेली युद्धको ४० औं वार्षिक उत्सव मनाउने तयारी गरिरहेका बेला राष्ट्रपतिको यस्तो भनाई आएको हो ।

यता राष्ट्रपतिका सूचना सल्लाहकार अहमद अल मुस्लेमेनीले अक्टुबर ६ को वार्षिक उत्सवमा सेना विरुद्ध प्रदर्शन नगर्न आग्रह गरेका छन् । उनले विजयको यो उत्सवलाई विरोधका अवसरको रुपमा प्रयोग नगर्न चेतावनी दिएका छन् । ६ अक्टुबर १९७३ ईजिप्ट र सिरियाले संयुक्त रुपमा ईजरायलका कयौ ठाउँमा अचानक आक्रमण गरेका थिए । उक्त आक्रमणबाट ईजारयलको नियन्त्रमा रहेको पूर्वी किनारको सिनियालाई ईजरायली नियन्त्रणबाट ईजिप्ट र सिरियाका संयुक्त सेना मुक्त गराएका थिए । त्यसै दिनको सम्झनामा हरेक वर्ष अक्टुबर ६ का दिन ईजिप्टमा खुसियाली मनाउने गरिन्छ । यस वर्ष ईरायल विरुद्ध अरबको उक्त जीतको ४० औ वार्षिकी मनाईदै छ ।

उता राष्ट्रपतिले आफ्नो संदेशमा सबै ईजिप्टेलीहरुले मिलेर सबै ईजिप्टेलीकालागि संविधान लेख्ने तयारी भैरहेको जनाएका छन् । राष्ट्रपतिले नयाँ बन्ने संविधान कुनै गुटको नभएर सम्पूर्ण ईजिप्टेलीको हुने बताएका छन् । राष्ट्रपतिले ईजिप्टले शान्तिपूर्ण प्रयोगकालागि आणविक संयन्त्र बनाउने तयारी गरिरहेको पनि बताएका छन् । ईजिप्टकै पहिलो आणविक संयन्त्र बनाउन अल दब्बमा अध्ययन भईरहेको पनि उनले जानकारी दिए ।

यता ६ अक्टुबर दिवसको ४० वार्षिक मनाउन राजधानी कायरोको तहरिर स्क्वायरमा भेला हुन लागेकाहरु माथि सेनाले कडा निगरानी राखेको छ । ट्याङ्क तथा अन्य बख्तरबन्द गाडीहरु माथि हतियार सहित उपस्थित भएर सेनाले सम्भावित प्रदर्शनमाथि निगरानी राखिरहेको छ । अपदस्त राष्ट्रपति मोहम्मद मुर्सीको संस्था मुस्लिम ब्रदरहुडले युद्धको वार्षिकी मनाउन ठूलो संख्यामा तहरिर स्क्वायरमा भेला हुन जनतालाई आह्वान गरेको छ । सैनिक सरकारका समर्थकहरु पनि ईजरायल अरब युद्धको ४० औं वार्षिक उत्सव मनाउन सोहि समय तहरिर स्क्वायरमा नै भेला हुँदै छन् । –एजेन्सीको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us