
डोटी, ६ असार– डोटीमा शुक्रबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
सुप्रप०१००१ज१३९५ नम्बरको जीप आदर्श गाउँपालिका–१ दोबाजमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
डोटी प्रहरीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुई जनाको घटनास्थलमै र एकको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
जोशीका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।