सुरक्षाकर्मीको प्रहारबाट मोर्सी समर्थक चार जनाको मृत्यु

काठमाण्डु टुडे २०७० असोज १९ गते ७:२२ मा प्रकाशित

कायरो–इजिप्टको राजधानी कायरोमा भएको भिडन्तमा चारको मृत्यु भएको छ । भिडन्तमा परी अन्य ४० जना घाईते भएको अधिकारीहरुले जनाएका छन ।
तहरिर स्क्वायरमा भेला भएका इजिप्टका सत्ताच्यूत राष्ट्रपति मोहमद मोर्सीका समर्थकमाथि सुरक्षाकर्मीले अश्रृग्यास र गोली प्रहार भएको समाचारमा जनाइएको छ ।
पछिल्लो समयमा तहरिर स्क्वायरलाई सेनाले आफ्नो नियन्त्रणमा लिदै मोर्सी समर्थकलाई त्यस स्थानमा जानबाट रोक्ने प्रयास गर्दै आएको छ । भिडन्तका क्रममा मारिने चारै जना मोर्सी समर्थक मुस्लिम ब्रदरहुडका कार्यकर्ता हुन । इजिप्टका अन्य स्थानमा पनि मोर्सी समर्थक र विपक्षीबीच झडप भएको छ ।
जुलाई १३ तारिखमा सेनाले मोर्सीलाई सत्ताबाट वर्खास्थ गरेपछि इजिप्टमा भएको भिड्न्तका क्रममा ब्रदरहुडका सयौ कार्यकर्ताहरु मारिएका छन् । त्यसैगरी पछिल्लो दुई महिनामा मुस्लिम ब्रदरहुडका सयौ कार्यकर्तालाई सुरक्षाकर्मीले पक्राउ गरिसकेको छ । मोर्सीको सरकारमा रहेका वरिष्ठ अधिकारीहरुमाथि हिंसा भड्काएको र हत्या गरेको आरोपमा मुद्दा समेत चलाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us