
काठमाण्डू, २५ असार– झापाको अर्जुनधारा नगरपालिका–८ शनिश्चरेमा एक युवतीको हत्या भएको छ ।
अर्जुनधारा नगरपालिका–४ भाङवारी घर भई शनिश्चरे क्याम्पस नजिकै बस्दै आएकी २२ वर्षीया गंगाको हत्या भएको हो ।
स्थानीय सुष्मा भुसालले आफ्ना श्रीमान रमेश भुसाल गंगाको कोठामा गएको भन्दै आफन्त र साथीहरु बोलाएर उनको हत्या गराएकी हुन् ।
उनका आफन्त र साथीहरुले सामूहिक रुपमा कुटपिट गर्दा गंगाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना मंगलबार राति ११ः३० बजेको हो ।
कुटपिटबाट गम्भीर घाइते राईको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा ज्यान गएको हो । सुस्मिताले आफ्ना श्रीमान र मृतकबीच अवैध सम्बन्ध रहेको आरोप लगाएकी छन् ।
उनले रमेश र गंगालाई आफूहरुले उनको कोठामा रंगेहात फेला पारेको र आक्रोशमा आएर कुटपिट गर्दा मृत्यु भएको बयान दिएकी छन् ।
यसैबीच प्रहरीले रमेश र सुष्मासहित कुटपिटमा संलग्न ५ महिलालाई नियन्त्रणमा लिएको छ ।