इजिप्टको झडपमा ५० को मृत्यु

काठमाण्डु टुडे २०७० असोज २१ गते १:५८ मा प्रकाशित

काठमाण्डु, २१ असोज– इजिप्टको सैन्य सरकार र अपदस्थ राष्ट्रपति मोहमद मोर्सिका समर्थकहरुबीच भएको पछिल्लो भिडन्तमा ५० जनाको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् ।

सैन्य सरकारले अरब–इजरायल युद्धको ४० औं बर्षगाँठ मनाइरहँदा मोर्सि समर्थकले बिभिन्न स्थानमा विरोध प्रदर्शन गरेपछि झडप भएको थियो । कायरोबाट मुस्लीम व्रदरहुडका करिब २ जना कार्यकर्तालाई सरकारले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

भीड नियन्त्रण गर्न सुरक्षाकर्मीले हवाई फायर गर्नुका साथै अश्रुग्याँस पनि प्रहार गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us