विमान दुर्घटनाग्रस्त, यात्रु सकुशल

काठमाण्डु टुडे २०७० असोज २० गते ९:३४ मा प्रकाशित

बैँकक, २० असोज–थाइल्यान्डको उत्तरपूर्वी प्रान्तमा आइतबार थाई विमान दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा  सवै व्यक्ति सकुशल रहेका जनाइएको छ ।
उत्तरपूर्वी सहर उडोन थालीमा अवतरणको क्रममा नोक एयर विमानको इञ्जिनमा समस्या आएपछि सो विमान दुर्घटनाग्रस्त भएको हो ।
सो विमानमा तीन चालक दलका सदस्यसहित २८ यात्रु सवार थिए । विमान चालकले विमानलाई सुरक्षित अवतरण गर्न सफल भएको नोक एयरले प्रकाशित विज्ञप्तिमा जनाएको छ ।
गत अगस्तमा पनि दक्षिण थाइल्यान्डमा नोक एयरको विमान दुर्घटनाग्रस्त भएको र सवैलाई कुशल बचाउन सकिएको समाचारमा बताइएको छ । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us