काठमाण्डू, २० असार– स्पेन भ्रमणमा रहेका प्रधामन्त्री केपी ओली आज स्वदेश फर्किंदै छन् ।
विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै १४ असारमा त्यसतर्फ प्रस्थान गरेका थिए ।
ओली शुक्रबार बिहान स्पेनको मेड्रिडबाट कतारको दोहातर्फ प्रस्थान गरेका हुन् ।
ओली आज अपराह्न ३ बजेर ४५ मिनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने उनको सचिवालयले जनाएको छ ।
स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस, स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेज, स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँ शिष्टाचार रद्विपक्षीय भेटवार्ता गरेका थिए ।
स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुका साथै अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरेका थिए ।
ओलीले बिहीबार स्पेनको मेड्रिडस्थित प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको अवलोकन गरेका थिए ।