इरान– बेलायत दूत नियुक्त गर्न सहमत

काठमाण्डु टुडे २०७० असोज ३० गते १४:२८ मा प्रकाशित

तेहरान, ३० असोज–इरान र बेलायत उनीहरुका देशमा एक आपसमा कूटनीतिक अधिकारी दूत नियुक्त गर्न सहमत भएका छन । उनीहरुले हालका लागि आ आफ्ना देशमा कार्यबाहक राजदूत नियुक्त गर्न सहमत भएका छन । उनीहरु आगामी दुई हप्ता सम्ममा ती दूत नियुक्त गर्न सहमत भएको समाचारमा जनाइएको छ ।
ती दुई देशका उप विदेश मन्त्रीस्तरमा बुधबार भएको वार्ताका क्रममा सो सहमति भएको इरानी सरकारी समाचार समिति इर्नाले जनाएको छ ।
इरानका उप विदेश मन्त्री मोहम्मद ताखेत रभानची र उनका बेलायती समकक्षी सिमन ग्यासबीच बुधबार भएको वार्ताका क्रममा सो सहमति भएको समाचारमा जनाइएको छ ।
स्वीट्जरल्याण्डको जेनेभामा हाल जारी रहेको आणविक सम्बन्धी वार्ताका क्रममा भएको उनीहरु बीचको भेटवार्ताका क्रममा सो सहमति भएको पनि सो समाचार समितिले जानकारी दिएको छ । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us