जहाज दुर्घटनामा परेका १७ शव भेटिए

काठमाण्डु टुडे २०७० कार्तिक १ गते ९:१० मा प्रकाशित

लाओस, १ कात्तिक–लाओसमा तीन दिनअघि भएको जहाज दुर्घटनामा परी मारिएकामध्ये शुक्रबारसम्ममा १७ वटा शव फेला परेको छ । ती सवै सो विमान दुर्घटना भएको स्थल स्थानीय नदीमा भेटिएका हुन् । सो विमान मेकोङ नदीमा खसेर दुर्घटना भएको थियो । लाओसको लाओ विमान सेवाको उक्त विमान दुर्घटना भएको थियो । सो दुर्घटनामा परी ४९ जनाको ज्यान गएको थियो । उक्त नदीमा विमान खसेपछि करिब एक दर्जन देशका नागरिक मारिएका थिए । मारिने ४९ जनामा आधाजति विदेशी नागरिक रहेका थिए ।     उक्त नदीमा ठूलो सङ्ख्याका उद्वारकर्मीले उद्वार गरिरहेका छन् । एकजना उद्वारकर्मीले भने ‘हामीले दुर्घटनास्थलबाट कम्तीमा पनि ५० किलोमीटर परसम्म शव खोजेका थियौँ तर भेटेका छैनौँ ।’ लाओसका सार्वजनिक यातायात मन्त्री सोमाद फोल्सेनाले भने–‘उद्वारको कार्य अत्यन्त कठिन बनिरहेको छ, हामीले अहिलेसम्ममा १७ वटामात्र शव भेटेका छौँ ।’ रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us