जाजरकोटको कारागारभित्रै झुण्डिएको अवस्थामा मृत भेटिए थुनुवा

काठमाण्डु टुडे २०८२ वैशाख २८ गते १६:५७ मा प्रकाशित

काठमाण्डू, २८ वैशाख– जिल्ला कारागार, जाजरकोटमा रहेका एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत अवस्थामा भेटिएका छन । आज (आइतबार) बिहान जाजरकोटको भेरी नगरपालिका–१० का २६ वर्षीय दीपक बुढा कारागारभित्रै मृत अवस्थामा फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त शर्माले जानकारी दिएका छन ।

उनले भने, ‘आज (आइतबार) बिहान कारागारभित्रै झुण्डिएको अवस्थामा उहाँ भेटिनुभएको हो, ‘घटनाबारे थप अनुसन्धानको काम भइरहेको छ ।’ शर्माका अनुसार, मृत भटिएका थुनुवा जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जानकारी दिएको छ ।

अदालतबाट उनीविरुद्धको मुद्दामा फैसला हुन बाँकी नै रहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us