सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाण्डु टुडे २०८२ वैशाख २८ गते १६:१७ मा प्रकाशित

धरान, २८ वैशाख– आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बहुमतले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत १९ वैशाखमा संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
२२ देखि २६ वैशाखसम्म प्रतिनिधिसभामा नीति तथा कार्यक्रमबारे छलफल भएको थियो ।

सांसदहरुले छलफलका क्रममा उठाएका प्रश्नको प्रधानमन्त्री केपी ओलीले आइतबार जवाफ दिए । नीति कार्यक्रम प्रस्तुत गर्नुअघि विपक्षी दलका सांसदहरुले राखेका संशोधन प्रस्तावहरु निर्णायार्थ प्रस्तुत गरिएका थिए ।

ती सबै बहुमतले अस्वीकृत गरेसँगै सभामुख देवराज घिमरेले नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । संसदको तत्काल कायम रहेको सदस्य संस्ख्याको बहुमतले उक्त प्रस्ताव पारित गरेको हो ।

नीति कार्यक्रम पारित भएसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us