आत्मघाती हमलामा १२ सैनिकको हत्या

काठमाण्डु टुडे २०७० कार्तिक १ गते १५:४५ मा प्रकाशित

आदेन, १ कात्तिक–यमनको आदेन सहरमा रहेको एक सैनिक निर्देशनालयमा शुक्रबार गरिएको एक आत्मघाती हमलामा परी सो निर्देशनालयका कम्तीमा पनि १२ जना सैनिकको ज्यान गएको छ ।
उक्त केन्द्रमा रहेका निर्देशनालयका प्रमुख कमाण्डर गम्भीर रुपमा घाइते भएका छन् । यस हमलाको पूर्ण विवरण आइसकेको छैन । दक्षिणी यमनको अवियान प्रान्तमा पर्ने अहवार जिल्लामा रहेको उक्त सैनिक केन्द्रमा यसअघि पनि आक्रमणको प्रयास गरिएको थियो ।
उक्त जिल्लाको १११ औँ ब्रिगेडमाथि सो हमला गरिएको थियो । सो हमलाको जिम्मा शुक्रबारसम्म पनि कसैले लिएको छैन । तर उक्त प्रान्तमा अल कायदाको प्रभाव रहेकोले सो आक्रमणमा पनि उनीहरुकै हात हुनसक्ने अनुमान प्रहरीले गरेका छन् । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us