क्याम्बोडियामा बाढीबाट १५२ को मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक १ गते ७:१२ मा प्रकाशित

न्होमपेन्ह, १ कात्तिक–क्याम्बोडियाको मेकोङ्ग नदी र अन्य नदीहरुमा आएको बाढीबाट गत पाँच हप्ताभित्र मृत्यु हुने व्यक्तिको सङ्ख्या एकसय ५२ पुगेको छ ।   यस बाढीबाट अन्य चार लाख  १८ हजार सात सय ७० घरपरिवार प्रभावित भएको राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्थापन समिति (एन्सिडिएम) ले जनाएको छ ।
सो बाढीबाट २० वटा प्रान्तको चार लाख  १८ हजार ७७० घरपरिवार प्रभावित भएको उक्त समितिले जानकारी दिएको छ ।  गत अगस्ट र अक्टोबरमा आएको सो बाढीको कारण एकसय ५२ व्यक्तिको मृत्यु भएको समाचारमा प्रष्ट पारिएको छ ।   त्यसैगरी उक्त बाढीबाट तीन लाख ५००हेक्टर जमिनको धानबाली डुवानमा परेको, मुलुकका विभिन्न स्थानका करिब तीन हजार किलोमिटर सडकखण्ड समेत ध्वस्त भएको जनाइएको छ ।
क्याम्बोडियामा दुई वर्षअघि सन् २०११ मा पनि बाढीले यस्तै विनाश ल्याएको थियो । सो बाढीमा २५० भन्दा बढी व्यक्तिको मृत्यु भएको र ५२ करोड अमेरिकी डलर भन्दा बढी भौतिक सम्पत्ति सखाप भएको थियो ।    बाढी र पहिरोमा परेका व्यक्तिहरुको उद्धारका निम्ति कम्बोडियाको माथिल्लो संसद राष्ट्रियसभाले गतहप्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ सङ्गठन र मित्रराष्ट्रहरुसङ्ग सहयोगका लागि आह्वान गरेको थियो ।
क्याम्बोडियामा हरेक वर्षको अगस्टदेखि अक्टोबर तीन महिनासम्म बाढी पहिरोले क्षति पु¥याउने गर्छ । गत वर्ष पनि यस्तै प्राकृतिक प्रकोपबाट १४ जनाको मृत्यु भएको थियो । रासस /सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us