सिरियामा कम्तीमा १६ सैनिकको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक २ गते १०:०७ मा प्रकाशित

बेरुत, २ कात्तिक–सिरियाको राजधानी दमासकसनजिकै शनिबार एक कार बम आक्रमण तथा सिरियाली सरकारी सेना र इस्लामी विद्रोहीबीच भएको भिडन्तमा कम्तीमा १६ सैनिकको मृत्यु भएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले विद्रोहीको नियन्त्रणमा रहेको नगर म्लेहा, जारामानामा र मुस्लिम द्रुजमा जिहादी अल–नुस्र फ्रन्टका आत्मघाती बम आक्रमणकारीले बम आक्रमण गरेको र त्यहाँ सरकारी सेना तथा विद्रोहीबीच सङ्घर्ष भएको जानकारी दिएको छ । म्लेहा तथा जारामानामा क्रिस्चियन समुदायको अधिक बसोबास रहने गरेको बताइएको छ । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us