सिरियाको शान्ति वार्ता नोभेम्बरमा हुनसक्ने

काठमाण्डु टुडे २०७० असोज ३१ गते १३:३९ मा प्रकाशित

मस्को, ३१ असोज–सिरियाली द्वन्द्वको विषयलाई लिएर अन्तर्राष्ट्रिय शान्ति सम्मेलन आगामी महिनामा हुनसक्ने देखिएको छ ।
सिरियाली उपप्रधानमन्त्री काद्री जमिलले बिहिवार मस्कोमा आयोजित पत्रकार सम्मेलनमा त्यस्तो जानकारी दिएका हुन । उनलाई सोधिएको प्रश्नको जवाफमा आगामी नोभेम्बर २३ र २४ मा सो सम्मेलन हुनसक्ने उनले जानकारी दिएका हुन ।
सिरियामा सन् २०११ को मार्चदेखि राष्ट्रपति बसार अल असादविरुद्ध सुरु भएको जनआन्दोलनमा करिब एक लाख १५ हजार व्यक्तिको ज्यान गएको छ ।
सो आन्दोलनका क्रममा दशौँ लाख जनता घरबार त्यागी अन्य मुलुकमा शरणार्थी बन्न पुगेका छन् । त्यसैगरी देशभित्र पनि सुरक्षित इलाकामा लाखौ व्यक्ति विस्थापित भएका छन् । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us