
काठमाण्डू, १२ असार– सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध ७ उजुरी परेको छन । संसदीय सुनुवाइ समितिमा ५ वटा व्यक्ति केन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको स्रोतले जानकारी दिएको छ ।
उजुरीबारे समिति सभापति ईश्वरी देवी न्यौपानेले जानकारी दिएकी हुन । को बारे, के उजुरी भन्ने खुलाइएको छैन । उजुरीकर्तालाई शुक्रबार समितिको बैठकमा आमन्त्रण गरीएको छ ।
वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सर्वोच्चको न्यायाधीश सिफारिस भएको हुन ।