सर्लाहीमा टिपरले साइकललाई ठक्कर दिंदा साइकल यात्रीको मृत्यु

काठमाण्डु टुडे २०८२ असार १२ गते ११:१४ मा प्रकाशित

काठमाण्डू, १२ असार– सर्लाहीमा टिपरले साइकललाई ठक्कर दिंदा साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री सर्लाहीको कबिलासी नगरपालिका–८ अगर्वा बस्ने दिनेश साहको छोरा २० वर्षीय सचिन साह (गुप्ता) रहेका जिल्ला प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सर्लाही लालबन्दी नगरपालिका–५ मेजरगंजस्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दी तर्फ आउँदै गरेको ना२क ५०१ नम्बरको टिपरले बुधबार राति ८ बजेतिर युवकलाई ठक्कर दिएको थियो । उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटना लगतै टिपर चालक फरार भएका छन् । घटना लगतै स्थानीयले टिपरमा आगजनी गरि जलाएका छन् । घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us