भान्जाको आगनमा मामा मृत भेटिए

काठमाण्डु टुडे २०८२ असार १२ गते ८:०४ मा प्रकाशित

काठमाण्डू, ११ असार– कैलालीमा ८० वर्षीय वृद्ध मृत भेटिएका छन् ।

लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

कैलाली प्रहरी प्रवक्ता प्रहरी डीएसपी राजकुमार सिंहले जैशी स्थानीय ५५ वर्षीय बर्मा भण्डारीको आगनमा मृत भेटिएका हुन् । बर्मा नाताले भण्डारीका भान्जा हुन् ।
भण्डारी र बर्माबीच आर्थिक लेनदेन विवाद रहेको स्थानीयले बताएका छन् । प्रहरीले भण्डारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us