
काठमाण्डु, ३ कात्तिक । मालदिभ्समा प्रहरीले राष्ट्रपतिय निर्वाचन अबरुद्ध गरेपछि विरोध शुरु भएको छ । प्रहरीको कदमविरुद्ध प्रमुख शहरहरुमा विरोध प्रदर्शन भैरहेको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । शनिबारकालागि तय भएको निर्वाचन प्रहरीले अवरोध गरेपछि स्थगित भएको थियो ।
प्रहरीले आफ्नो अधिकारक्षेत्र भन्दा बाहिर गएर हस्तक्षेप गरेको त्यहाँको निर्वाचन आयोगले ठहर गरेको छ । अन्तराष्ट्रिय समुदायले पनि प्रहरीको हस्तक्षेपको विरोध गर्दै शान्तिपूर्ण रुपमा निर्वाचन हुन दिन आग्रह गर्दै आएका छन् ।
सन् २०१२ मा विवादका बिच तत्कालीन राष्ट्रपति मोहमद नसीद सत्ताबाट बाहिरिएपछि मालदिभ्सको राजनीति अस्थीर बन्दै गएको छ ।