
काठमाण्डू, २५ वैशाख– जिल्ला अदालत काठमाण्डूले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावदी समुहको हिंसात्मक प्रर्दशनमा संलग्न आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न आदेश दिएको छ ।
उनीहरूविरुद्ध सातौँ पटक राज्य विरुद्धको कसुरमा न्यायाधीश मोना सिंहको इजलासले म्याद थप गरिएको हो ।उनीहरूलाई पछिल्लोपटक वैशाख २१ गते म्याद थप गरिएकोमा थप अनुसन्धान गर्न पर्ने भएकाले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो ।
सो मुद्दामा अनुसन्धान हुँदाहुँदै क्यान्सरको उपचार गर्ने प्रयोजनार्थ राप्रपाका महामन्त्री धवलशमशेर जबरा रिहा भएका थिए ।