रेशम चौधरीलाई किन पक्राउ गरियो ? गृहमन्त्रीले दिए यस्तो जवाफ

काठमाण्डु टुडे २०८२ वैशाख २५ गते १८:४२ मा प्रकाशित

काठमाण्डू, २५ वैशाख– गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिनुमा कुनै ‘मनसाय’ नरहेको स्पष्ट पारेका छन ।

आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा नाउपा संरक्षक चौधरी पक्राउको विषयमा जवाफ दिँदै मन्त्री लेखकले यस्तो बताएका हुन । उनले भने , ‘कानुनको कार्यान्वयन गर्ने बाहेक कुनै मनसाय नभएको जानकारी गराउन चाहन्छु ।’ चौधरीलाई पक्राउ गर्दा उनको परिवारजनमा भएको पीडाप्रति लेखकले दुःख व्यक्त गर्न गरेका छन् ।

सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टको ‘विवेक बाहिरको पत्र व्यहोरा’को कारण चौधरीलाई पक्राउ गर्नुपर्ने अवस्था आएको मन्त्री लेखकले जानकारी दिएका छन । वैशाख १७ मा सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पत्र लिएर प्रहरी प्रधान कार्यालयमा गएर आईजीपीलाई परिचय पत्र देखाएर ‘अदालतको आदेश कार्यान्वयन गर्न आएको’ भनेपछि पक्राउ गर्नुपर्ने अवस्था आएको लेखकले संसदमा जानकारी गराए ।

उनले भने, ‘प्रहरी महानिरिक्षकले अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने दायित्व समेत भएको हुँदा आईजीपीले जिल्ला प्रहरी परिसर काठमाडौँमा आदृश कार्यान्वयन गर्न पठाएको अवस्था हो ।’ सो पत्रको आधारमा काठमाण्डू प्रहरीले नियन्त्रणमा लिएर रेशमलाई कारागार डिल्लीबजारमा बुझाएको लेखकले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us