सुत्केरी भाउजुको देवरले गरे हत्या

काठमाण्डु टुडे २०८२ असार ७ गते २१:१५ मा प्रकाशित

कैलाली, ७ असार– कैलालीमा देवरले सुत्केरी भाउजुको हत्या गरेका छन् ।

गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी १९ वर्षीया तुलसी नाथ शुक्रबार घरनजिकै नालामा मृत भेटिएकी थिइन् ।

हत्या अभियोगमा प्रहरीले मृतकका सहोदर देवर नवीन नाथलाई पक्राउ गरेको छ ।

कैलाली प्रहरी प्रमुख एसपी बाल नरसिंह राणाका अनुसार नवीनले सुनको गहनाको लोभमा सुतेका बेला सिरानीले मुख च्यापेर हत्या गरेको बयान दिएका छन् ।

 

 

 

 

हत्यापछि नवीनले तुलसीले लगाएका सुनका गहना निकालेका थिए । घर नजिकै ढुङ्गाले थिचेर राखिएको अवस्थामा गहना बरामद भएको छ । मृतकको १६ दिनका शिशु भने सकुशल छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us