ओबामालाई पछारेर पुटिन विश्वकै शक्तिशाली

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते १३:५८ मा प्रकाशित

vladmir-putinकाठमाण्डु, १४ कात्तिक– रुसी राष्ट्रपति भ्लादमिर पुटिन विश्वकै सबैभन्दा प्रभावशाली व्यक्ति बनेका छन् । फोर्ब्स पत्रिकाले प्रभावशाली तथा शक्तिशाली व्यक्तिहरुको सूचीमा अमिरेकी राष्ट्रपति बाराक ओवामालाई पछि पार्दै पुटिन नम्बर एकमा आएको हो ।

फोर्ब्स पत्रिकाले २०१३ को विश्वका प्रभावशाली व्यक्तिको सूचीमा ओबामा दोस्रो नम्बरमा परेका छन् । यसअघि लगातार तीन वर्षदेखि ओबामा विश्वकै सबैभन्दा प्रभावशाली व्यक्तिमा पर्दै आएका थिए ।

त्यस्तै तेस्रो स्थानमा चीनका राष्ट्रपति शि जिनपिङ परेका छन् । धर्मगुरु पोप फ्रांसिस प्रभावशालीमा चौथो स्थानमा रहेका छन् । जर्मन चान्सलर एंगेला मर्केल यस सूचीको पाँच नम्बरमा परेकी छिन् । शीर्ष २० प्रभावशालीहरुमा दुई मात्र महिला परेका छन् ।

विश्वकै धनी बिल गेट्सले प्रभावशाली व्यक्तिहरुको पाँचौ स्थान कब्जा गरेका छन् । शक्तिशाली मुलुक मानिने बेलायतका प्रधानमन्त्री डेविड क्यामरुन भने ११ नम्बरमा धकेलिएका बीबीसीले जनाएको छ ।

सिरियाका कारण ओबामा पछाडि

फोर्ब्सका अनुसार बाराक ओबामाका पकड अमेरिकी राजनीतिमा अपेक्षा गरेभन्दा कमजोर बन्दै गएकोले उनी पछि परेको हो । यसै समयमा रुसी राजनीतिमा पुटिनले आफ्नो दबदबा कायम राखेका छन् ।

सिरियामा भइरहेको युद्धका कारण अमेरिका र रुसबीचको सम्बन्धमा परेको असरको परिणामको रुपमा पनि यसलाई हेरिएको छ । पुटिनले पछिल्ले १२ बर्षदेखि रुसको राजनीतिमा निरन्तर रुपमा प्रधानमन्त्री तथा राष्ट्रपति भएर दबदबा कायम गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us