
काठमाण्डू, १७ जेठ–नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले गणतन्त्रमाथि प्रश्न उठाउने समय नभएको बताएकी छन् ।
ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा झाँक्रीले गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष र संविधान जारी गरेको करिब १० वर्षमा प्रश्न उठ्नुमा सोच्न जरुरी रहेको बताएका हुन् ।
‘गणतन्त्रमा प्रश्न उठ्ने समय नै भएको थिएन । तर त्यो व्यवस्था ल्याउँदा हामीले गरेका प्रतिबद्धताका बारेमा हाम्रा बुझाइहरु एउटै थिएनन् । गणतन्त्रलाई विवादित बनाइयो’, उनले भनिन् ।
उनले यो व्यवस्थामा नेताहरूले आफ्नो जिम्मेवारीबोध नगरेको बताइन् ।
‘यो व्यवस्थामा हामीले काम गर्नुपर्छ । त्यो हाम्रो जिम्मेवारी हो भन्नेकुरा जिम्मेवारीबोध हामीले कम महसुस गर्यौें कि ? तिलस्मी सपनाहरु बाँडेर मात्रै बस्यौं, काम गरेनौं कि ?’ उनले भनिन् ।
न्युज एजेन्सी नेपाल