ट्रकको ठक्करबाट वृद्धको मृत्यु, भीरबाट लडेर वृद्धाले ज्यान गुमाइन्

काठमाण्डु टुडे २०८२ जेठ १७ गते २१:४७ मा प्रकाशित

बैतडी, १७ जेठ– बैतडीमा शनिबार ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट सुर्नया गाउँपालिका–५ विष्टपालीका ८१ वर्षीय महावीर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूले बताए ।

धनगढीबाट विष्टपालीतर्फ आउँदै गरेको सुपप्र०१–००१ क १८१३ नम्बरको मिनी ट्रकले बाटोमा हिँडिरहेका विष्टलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका उनको उपचारका लागि धनगढीतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै बैतडीमै शनिबार एक जनाको भीरबाट लडेर मृत्यु भएको छ।‍

दशरथचन्द नगरपालिका–६ टाककी ७० वर्षीया धनपती नाथको मृत्यु भएको प्रवक्ता बडूले जानकारी दिए ।

घर नजिकै जंगलमा घाँस काट्न गएकी नाथ लडेर गम्भीर घाइते भएकी थिइन् । उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us