चीनको पटाका कारखाना विस्फोट, ११ को मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते १३:३० मा प्रकाशित

बेइजिङ, १६ कात्तिक– चीनको दक्षिणी भागमा अवस्थित गुआङसी प्रान्तमा एक पटाका कारखानामा भएको विस्फोटमा परी ११ व्यक्तिको मृत्यु तथा १७ व्यक्ति घाइते भएपछि प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको समाचार सिन्ह्वा समाचार संस्थाले शनिबार दिएको छ ।

उक्त विस्फोट शुक्रबार अपरान्ह भएको समाचारमा उल्लेख गरिएको छ तर यसको कारण दिइएको छैन । स्थानीय प्रहरीले उक्त कारखानाको व्यवस्थापक तथा कानुनी प्रधिनिधिलाई पक्राउ गरेको समाचारमा उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us