चार जिल्लाका सिडिओ फेरिए

काठमाण्डु टुडे २०८२ जेठ १८ गते २१:४८ मा प्रकाशित

काठमाण्डू, १८ जेठ– गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ ।

गृहमन्त्री रमेश लेखकले बर्दिया, कास्की, धनुषा र पाँचथरका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेका हुन् ।

सहसचिवहरु सुरेन्द्र पौडेललाई बर्दिया, शंकरहरि शर्मालाई धनुषा र अरुण पोखरेललाई पाँचथरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

बर्दियाकी रुद्रादेवी शर्मालाई कास्की र कास्कीका भरतमणि पाण्डेलाई मन्त्रालयमा सरुवा गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us