
काठमाण्डू, १८ जेठ– प्रहरी हिरासतबाट रिहा भएलगत्तै राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भेट्न धुम्बाराही पुगेका छन् ।
राति काठमाण्डू प्रहरी परिसरबाट रिहा भएलगत्तै थापा र राप्रपा कार्यसम्पादन समिति सदस्य एवं सांसद दीपकबहादुर सिंह धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालय पुगेका हुन् ।
उनीहरुलाई अध्यक्ष लिङदेनले स्वागत गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
‘नारायणचौर प्रदर्शनका क्रममा दिउँसो गिरफ्तार हुनुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा कार्यसम्पादन समिति सदस्य मा।दीपकबहादुर सिंह अहिले भरखर रिहा हुनुभएको छ । रिहाइपछि उहाँहरुलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा केन्द्रीय कार्यालय, धुम्बाराहीमा स्वागत गर्नुभएको छ’, फोटो सेयर गर्दै श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।