
काठमाण्डु, १५ कात्तिक–अमेरिकाका गोप्य सूचना सार्बजनिक गरेर चर्चामा आएका अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीका पूर्वकर्मचारी एडवार्ड स्नोडेनले नयाँ काम पाएका छन् । रुसमा शरण लिएर बस्दै आएका स्नोडेनले त्यहाँको एक प्रमुख निजी वेबसाइटमा काम पाएका हुन् ।
उनले काम पाएको वेबसाइटको नाम भने खुलाइएको छैन । स्नोडेनको सुरक्षाकालागि वेबसाइटको नाम गोप्य राखिएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
आफ्नै देशका गोप्य सूचना सार्बजनिक गरेपछि अमेरिकी सरकारले पक्राउ गर्न आदेश दिएको थियो । तर, उनी भागेर रुस पुगेका छन् ।