
तनहुँ, ७ असार– तनहुँमा गुडिरहेको बसबाट यात्रु खसेका छन् ।
पोखराबाट खैरेनीटारतर्फ जाँदै गरेको ना५ख ४८६६ नम्बरको बसमा सवार यात्रु शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा खसेका हुन् । ती यात्रु घाइते भएका छन् ।
उनको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारामा उपचार जारी छ । अस्पतालका अनुसार घाइतेको अवस्था सामान्य छ ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको तनहुँ प्रहरले जनाएको छ ।