रुपन्देहीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ असार ७ गते २१:३१ मा प्रकाशित

रुपन्देही, ७ असार– रुपन्देहीमा टिपरले मोटरसाइकललाई ठक्कर हिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सम्मरीमाई गाउँपालिका–५ का २० वर्षीय समीर खान र कोटहीमाई गाउँपालिका–७ का १८ वर्षीय शिवनाथ ठाकुर छन् ।

बनगाईबाट मर्चवारतर्फ जाँदै गरेको लु२ख २०७४ नम्बरको टिपरले विपरीत दिशामा रहेको लु४०प२३७३ नम्बरको मोटरसाइकललाई मायादेवी गाउँपालिका–७, गरगट्टी चम्रौटी टोलमा शनिबार ठक्कर दिएको थियो ।

घटनामा गम्भीर घाइते खान र ठाकुरलाई भैरहवास्थित भीम अस्पताल लगिएकामाचिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।

रुपन्देही प्रहरी प्रवक्ता डिएसपीसुरज कार्कीले ठक्कर दिने टिपर र चालक जगदीश चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us