तालिवानका नयाँ नेतामा खान सियद

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते ३:५१ मा प्रकाशित

इस्लामावाद, १७ कात्तिक–खान सियद तालिवानका नयाँ नेतामा चयन भएका छन् । पाकिस्तानमा रहेका तालिवानका नेता हकिमुल्लाह मेहसुदलाई अमेरिकी हवाई  आक्रमणबाट हत्या गरिएपछि उनलाई तालिवानले नयाँ नेता चयन गरेको हो ।
अमेरिकाद्वारा आतङ्ककारी घोषित सो सङ्गठनका प्रमुख हकिमुल्लाह मेहसुदको मृत्युपछि तालिवानहरुले अर्काे नेता चयन गर्ने प्रयोजनका लागि शनिबारै बैठक बसी उनलाई  सो सङ्गठनको प्रमुखमा चयन गरेको बताइएको छ ।
हकिमुल्लाहको शुक्रबार साँझ मृत्यु भएको थियो । सो समाचारपछि उक्त सङ्गठनले उक्त हत्याको पुष्टिसँगै नयाँ नेता छान्ने प्रक्रिया पनि अघि बढाएको थियो । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us