राहुल गान्धीसँग स्पष्टिकरण माग

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते ३:५० मा प्रकाशित

Rahul-Gandhiकाठमाण्डु, १५ कात्तिक– मुजफ्फर नगर हिंसाबारे दिएको बयानमा आचार संहिता उल्लंघन गरेको भन्दै भारतीय निर्वाचन आयोगले काँग्रेस आईका उपाध्यक्ष राहुल गान्धीसँग स्पष्टिकरण मागेको छ । गान्धीले आचार संहिता उल्लंघन गरेको भन्दै भारतीय जनता पार्टीले निर्वाचन आयोगमा उजुरी दिएको थियो ।

गान्धीले मुजफ्फर नगरमा भएको हिंसामा भारतीय जनता पार्टी जिम्मेवार रहेको अभिव्यक्ति दिएका थिए । राजस्थान र मध्यप्रदेशमा आयोजित चुनावी सभालाई सम्वोधनको क्रममा उनले दिएको अभिव्यक्तिले आचार संहिता उल्लंघन भएको भन्दै उजुरी परेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us