रेलको ठक्करबाट आठजनाको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते १:४२ मा प्रकाशित

india_trainकाठमाण्डु, १७ कात्तिक–भारत आन्ध्र प्रदेशको विजयनगरमा रेलको ठक्करबाट आठ जनाको मृत्यु भएको छ । अन्य कैयौं घाइते भएका छन् ।

अलेप्पी–धनवाद एक्सप्रेस रेलमा आगो लागेको गलत हल्ला फैलिएपछि चालकलाई आपत्कालीन रुपमा रेल रोक्न लगाएर ओर्लिएर भाग्दै गरेका यात्रुहरुलाई अर्कोतर्फबाट आएको रेलले ठक्कर दिएको थियो ।

ईस्टकोस्ट रेलवेका प्रवक्ता जेपी मिश्राका अनुसार शनिवार बेलुकी भएको यो घटनाको थप अनुसन्धान जारी छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री किरण कुमार रेड्डीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुलाई राम्रो उपचार गर्ने प्रतिवद्धता जनाएका छन् ।

सन् २०१२ को सरकारी रिपोर्ट अनुसार भारतमा प्रत्येक बर्ष करिब पन्ध्र हजारको रेल सम्वन्धी दुर्घटनामा मृत्यु हुने गरेको छ । यसैबर्ष गत अगष्ट महिनामा विहारको खगडीया जिल्लामा राज्य रानी एक्सप्रेसको रेलको ठक्करबाट २८ जनाको मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us