शालीन पोखरेल आत्महत्या प्रकरणः दुरुत्साहन मुद्धामा तीन शिक्षकलाई सफाई

काठमाण्डु टुडे २०८२ असार १९ गते २०:२२ मा प्रकाशित

चितवन, १९ असार– पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० बकुलहरस्थित एकता शिशु निकेतन स्कुलकी छात्रा शालीन पोखरेल

आत्महत्या दुरुत्साहनको अभियोग लागेका तीन शिक्षकले सफाई पाएका छन् ।

प्रारम्भिक रूपमा दोषी ठहर गरिएका तीन शिक्षकविरुद्ध लगाइएको अभियोग प्रमाणित नभएपछि अदालतले उनीहरूलाई सफाइ दिएको हो ।
१२ फागुन २०७९ मा १५ वर्षीया पोखरेलले विद्यालय परिसरमै आत्महत्या गरेकी थिइन् ।

घटनापछि पोखरेलका पिता दीपेन्द्र पोखरेलले विद्यालयका प्राचार्य बालहरी देवकोटा, शिक्षक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्मामाथि आत्महत्या दुरूत्साहन आरोपमा प्रहरीमा उजुरी दर्ता गराएका थिए ।

जिल्ला अदालत चितवनका न्यायाधीश ध्रुवकुमार ढकालको इजलासले अभियुक्तहरूमाथि लगाइएको आरोप पुष्टि हुने आधार नभेटिएको भन्दै सफाई दिएको छ ।

फैसलामा मृतक छात्राका परिवार र तर्फबाट प्रस्तुत आरोपहरू शंकामा आधारित रहेको उल्लेख छ ।

४ चैत २०८१ मै भएको फैसलाको पूर्ण पाठ केही दिनअघि मात्र सार्वजनिक भएको हो ।

जिल्ला अदालतले ६ चैत २०८० मा प्राचार्य देवकोटालाई तीन लाख तथा शिक्षक अधिकारी र वार्डेन शर्मालाई जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us