जेरुसेलम, २६ कात्तिक–इरानले विवादास्पद पारमाणविक कार्यक्रमका लागि १७० अर्ब अमेरिकी डलर बराबर खर्च गरेको इजरायलले दावी गरेको छ । यसको मुख्य कारण कडा आर्थिक प्रतिबन्ध रहेको इजरायलको सुरक्षा स्रोतहरूले मङ्गलबार दाबी गरेका छन् । यसबीच विश्वका शक्ति मुलुक तथा इरानबीच वार्ता हुने, तेहरानले विवादास्पद...
माले– २६ कात्तिक– मालद्वीपका राष्ट्रपति मोहमद वाहिदले आफ्नो कार्यकाल सम्पन्न भएपछि पनि पदमा कायम रहन गरेको निर्णयले प्रजातन्त्रलाई जोखिममा पारेको भनी अमेरिकाले मङ्गलबार आलोचना गरेको छ । अमेरिकी विदेश मन्त्रालयले आइतबार मध्यरातपछि कार्यावधि सकिएपछि पनि वाहिदले पदमा कायम रहन गरेको निर्णय यसअघि कहिल्यै नभएको...
नयाँ दिल्ली, २६ कात्तिक– भारत र जापानका विदेश मन्त्रीबीच मङ्गलबार यसै महिनाको अन्त्यतिर भारतको भ्रमणमा आउन लागेका जापानी राजारानीको भ्रमणका बारेमा छलफल भएको छ । जापानी राजारानी यही नोभेम्बर महिनाको ३० मा भारत भ्रमणमा आउन लागेका छन् । भारतमा भ्रमणमा रहेका जापानी विदेश मन्त्री...
जोहानेस्बर्ग, २६ कात्तिक–दक्षिण अफ्रिकामा भएको बस दुर्घटनामा परी कम्तीमा पनि २९ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेका अरु ११ जना गम्भीर रुपमा घाइते भएका छन । सरकारी प्रवक्ताले उक्त बस दुर्घटना भएको क्षेत्र अत्यन्तै अप्ठेरो र बाटो पनि निकै साँघुरो र अप्ठेरो...
काठमाण्डु, २६ कात्तिक–फिलिपिन्समा हेइयान आँधीका कारण भएको विनाशपछि राष्ट्रिय विपत्ती घोषणा गरिएको छ । राष्ट्रपति बेनिन्नो अक्विनोले राष्ट्रिय विपत्ती घोषणा गर्दै अन्तराष्ट्रिय समुदायलाई सहयोगको आग्रह गरेका हुन् । आँधीले बढी प्रभावित भएको लेयटे प्रान्तमा मात्र १० हजार बढीको मृत्यु भएको आशंका गरिएको छ भने...
काठमाण्डु २५ कात्तिक–भारतको छत्तीसगढ राज्यका मतदाता माओवादी विद्रोहीको चेतावनीलाई अस्वीकार गर्दै सोमबार मतदानका लागि अगाडि बढेका छन् । आउँदो वर्ष हुने राष्ट्रव्यापी आम निर्वाचनअगाडि पाँच राज्यमा हुने निर्वाचनको यो पहिलो निर्वाचन हो । यसलाई प्रतिपक्षी नेता नरेन्द्र मोदीको लोकप्रियताको परीक्षणको रूपमा हेरिएको छ ।...
माले २५ कात्तिक–मालद्वीपमा राजनीतिक संकट अझै गहिरिदै गएको छ । सभामुख अब्दुल्लाह सहिदले कार्यवाहक राष्ट्रपति मोहमद वाहिदलाई पदमा बस्ने अधिकार नरहेको बताएका छन । उनले संविधानले उल्लेख गरेको समय अवधि सोमबार सकिएकोले राष्ट्रपति वाहिदको शासन गर्ने अधिकार नभएको बताए । सभामुख सहिद प्रतिपक्षी मालदिभियन...
बेरुत, २५ कात्तिक– सिरियाली विपक्षीहरु सरकारसँगको वार्तामा सशर्त रुपमा मात्र सहभागी हुने भएका छन् । विपक्षीहरुलाई सिरियामा हुन लागेको शान्ति वार्ताका लागि गरिएको आग्रहपछि उनीहरुको सो भनाई आएको हो । विपक्षीहरुले सिरियामा जारी रहेको हिंसाको शान्तिपूर्ण समाधानका लागि हालका त्यहाँका राष्ट्रपति बसार अल असादले...
मनिला, २५ कात्तिक–फिलिपिन्समा आएको पछिल्लो आँधीमा परी मृत्यु हुनेको सङ्ख्या १० हजार भन्दा पनि बढी हुनसक्ने आशङ्का बढिरहेको बेला विश्वका विभिन्न संस्था तथा देशहरुले सहयोग पठाइरहेका छन । सो आँधीमा परी मारिनेको सङख्या दश हजार भन्दा पनि बढी हुनसक्ने अनुमान सबैतिर गरिएको छ ।...
काठमाण्डु, २४ कात्तिक– मालद्वीपमा सर्वोच्च अदालतले पुनः राष्ट्रपतिको निर्वाचन प्रक्रिया रोकेको छ । पूर्व राष्ट्रपति मोहम्मद नशिदको पक्षमा ४७ प्रतिशतको हाराहारीमा मात्र मत खसेपछि दोस्रोपटकको निर्वाचन आइतबार हुनुपर्ने थियो । मालद्वीपमा राष्ट्रपति चुन्नका लागि कम्तिमा ५० प्रतिशत मत खस्नु अनिवार्य छ । राष्ट्रपतिका अर्का...
मनिला–फिलिपिन्सको मध्य भागमा पर्ने लेयटे प्रान्तको ताक्लोबान सहरमा सुपर ताइफुन ‘हेयान’ का कारण करिब दशहजार व्यक्तिको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको स्थानीय अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । फिलिपिन्सका सरकारी अधिकारीहरुले भने यस आँधीबाट केही सय व्यक्तिको मात्र मृत्यु भएको पुष्टि गरिसकेका छन् ।...
काठमाण्डु, २४ कात्तिक– राष्ट्रपति निर्वाचनमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि मालदिभ्समा दोस्रो चरणमा पनि मतदान हुने भएको छ । यसअघि दुईपटकसम्म रोकिएको निर्वाचन शनिबार सफलतापूर्वक सम्पन्न भएको थियो । तर, कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेकोले फेरि निर्वाचन गर्नुपर्ने त्यहाँको निर्वाचन...