मालद्वीपमा आदालतले राष्ट्रपति निर्वाचन रोक्यो

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते ९:२३ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक– मालद्वीपमा सर्वोच्च अदालतले पुनः राष्ट्रपतिको निर्वाचन प्रक्रिया रोकेको छ । पूर्व राष्ट्रपति मोहम्मद नशिदको पक्षमा ४७ प्रतिशतको हाराहारीमा मात्र मत खसेपछि दोस्रोपटकको निर्वाचन आइतबार हुनुपर्ने थियो । मालद्वीपमा राष्ट्रपति चुन्नका लागि कम्तिमा ५० प्रतिशत मत खस्नु अनिवार्य छ । 

राष्ट्रपतिका अर्का प्रमुख दाबेदार अब्दुला यामिनले तयारीका लागि केही समय मागेपछि अदालतले उनको माग स्वीकार गर्दै निर्वाचन प्रक्रिया पुनः रोकेको हो । राष्ट्रसंघीय दूत डन मेक्निनले निर्वाचनमा कुनै ढिलाई गर्न नहुने भन्दै यामिनको पमाग प्रस्ताव स्वीकार गर्न नहुने बताएका थिए ।

commissiona-maldives

यसअघि निर्वाचन हुने दिनकै अघि अदालतको आदेश बमोजिम मालद्वीप प्रहरीले निर्वाचन रोकेको थियो । नयाँ राष्ट्रपति चुन्नका लागि मालद्वीपमा यसपटकको पहिलो निर्वाचन शनिबार भएको थियो ।

पूर्वराष्ट्रपति नाशिदले सेम्टेम्बरमा भएको निर्वाचनमा जित हासिल गरेका थिए । तर सो निर्वाचनमा धाँधली भएको भन्दै अदालतले रद्ध गरेको थियो ।

मालद्वीपको संविधान अनुसार राष्ट्रपतिका कार्यकाल ११ नोभेम्बरमे सकिनुअघि नै नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्नु पर्नेछ । मालद्वीपमा पहिलोपटक २००८ मा लोकतान्त्रिक तवरमा राष्ट्रपतिको निर्वाचन भएको थियो ।

यसअघि २०१२ मा पूर्व राष्ट्रपति नाशिदले विरोधका कारण आफ्नो पद छोड्न बाध्य भएपछि लगातार राजनीतिक संकट पैदा भइरहेको विश्लेषकहरुले बताएको बीबीसीले उल्लेख गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us