फिलिपिन्समा राष्ट्रिय विपत्ती घोषणा

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते २:३९ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक–फिलिपिन्समा हेइयान आँधीका कारण भएको विनाशपछि राष्ट्रिय विपत्ती घोषणा गरिएको छ । राष्ट्रपति बेनिन्नो अक्विनोले राष्ट्रिय विपत्ती घोषणा गर्दै अन्तराष्ट्रिय समुदायलाई सहयोगको आग्रह गरेका हुन् ।

आँधीले बढी प्रभावित भएको लेयटे प्रान्तमा मात्र १० हजार बढीको मृत्यु भएको आशंका गरिएको छ भने लाखौं विस्थापित भएका छन् । राहत र उद्दारकर्मी अझैसम्म प्रभावित कयौं गाउँहरुमा पुग्न सकेका छैनन् । संयुक्त राष्ट्रसंघले आँधीको क्षति अभूतपूर्व भएको भन्दै त्यसको सामना गर्न अन्तराष्ट्रिय सहयोग आवश्यक रहेको बताएको छ ।

फिलिपिन्समा विनाश गरेको हेइयान आँधीको प्रभाव भियतनामसम्म पुगेको छ । त्यहाँ एक दर्जन बढी मानिसको मृत्यु भैसकेको छ । आँधीको प्रभाव चीनको केही क्षेत्रसम्म पुग्ने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us