भारतमा नरेन्द्र मोदीको लोकप्रियता परीक्षण, बंगलादेशमा मन्त्रीहरुले दिए राजीनामा

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते १५:१४ मा प्रकाशित

काठमाण्डु २५ कात्तिक–भारतको छत्तीसगढ राज्यका मतदाता माओवादी विद्रोहीको चेतावनीलाई अस्वीकार गर्दै सोमबार मतदानका लागि अगाडि बढेका छन् । आउँदो वर्ष हुने राष्ट्रव्यापी आम निर्वाचनअगाडि पाँच राज्यमा हुने निर्वाचनको यो पहिलो निर्वाचन हो । यसलाई प्रतिपक्षी नेता नरेन्द्र मोदीको लोकप्रियताको परीक्षणको रूपमा हेरिएको छ ।modi
स्रोतले धनी छत्तीसगढ राज्य बामपन्थीरूको प्रमुख स्थल हो र दुई चरणमा विभाजित निर्वाचनको पहिलो चरणमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । यस राज्यमा राष्ट्रिय रूपमा प्रमुख प्रतिपक्षी दल भारतीय जनता पार्टीले सत्तामा तेस्रोपटक कायम रहन चाहेको छ ।
कट्टरपन्थी हिन्दू राष्ट्रवादी मोदीले यहाँ प्रचारप्रसार गरेका छन र यो प्रक्रिया शृङ्खलावद्ध रूपमा आउँदो महिनासम्म अगाडि बढ्नेछ । उनले आफ्नो अवस्था उनका राष्ट्रिय प्रतिद्वन्द्वी राहुल गान्धीको भन्दा राम्रो बनाउन चाहेका छन ।
गान्धी नेहरू परिवारिक राजनीतिक वंशका एकचालीस वर्षीय राहुल यस निर्वाचनमा मोदीको पछि देखिएका छन र उनले कङ्ग्रेस पार्टीलाई अगाडि बढाउन प्रयास गरेका छन । उनको दल सन् २००४ देखि राष्ट्रिय रूपमा शासनमा छ ।
विश्वको सबैभन्दा ठूलो प्रजातन्त्र रहेको भनिएको भारतमा संसदीय निर्वाचन आउँदो वर्ष मे महिनामा हुने भएको छ । यस अवधिमा कङ्ग्रेस पार्टीले उच्च मुद्रास्फीति, मन्द आर्थिक वृद्धि तथा भ्रष्टाचार काण्डका लागि आलोचना सहेको छ ।
माओवादीले छत्तीसगढको निर्वाचन बहिष्कार गर्न आह्वान गरेको थियो र उसले दुर्गमस्थलमा मतदातालाई दबाब दिएको थियो । यहाँ आदिवासी जनसङ्ख्यासँग माओवादीको हिंसात्मक घटना भईरहन्छ ।
बिहान सात बजे आरम्भ भएको मतदानमा समस्याग्रस्त बस्तर जिल्लाको एक मतदान केन्द्रमा मतदाताहरूको लामो लाइन देखिन्थ्यो । भारतको मध्य तथा पूर्वी क्षेत्रमा फैलिएको ठूलो वनक्षेत्रमा माओवादी विद्रोही सरकार पतन गराउन सक्रिय देखिएको छ ।
छत्तीसगढपछि मध्यप्रदेश, राजस्थान, मिजोराम तथा नयाँ दिल्लीमा निर्वाचन हुनेछ । सबै क्षेत्रमा खसेका मत डिसेम्बर ८ मा गणना गरी नतिजा प्रकाशन गरिनेछ ।
सन् २००१ देखि गुजरातका मुख्यमन्त्री रहेका मोदीलाई भारतीय जनता पार्टीले प्रधानमन्त्रीको उम्मेदवारको रूपमा छनौट गरेको छ । उनका केही सहयात्रीले उनी कट्टरपन्थी हुन ।

बङ्गलादेशमा मन्त्रीहरूले राजिनामा दिए सर्वदलीय सरकार गठन गर्न

बङ्गलादेशमा प्रधानमन्त्री सेख हसिनालाई निर्वाचनका लागि सर्वदलीय सरकार गठन गर्न सहयोग गर्न मन्त्रीहरूले सोमबार आफ्नो राजिनामा दिएका छन् । यस योजनालाई प्रतिपक्षी दलहरूले अस्वीकार गरेका छन् । उनीहरूले निष्पक्ष कामचलाउ सरकार गठन गर्न माग गरेका छन् ।
यसबीच प्रधानमन्त्री हसिनाको सत्ताधारी दललाई प्राविधिकहरूको नेतृत्वमा सरकार गठन गरी निर्वाचन गर्न दिन बाध्य बनाउन प्रतिपक्षी दलहरूले राष्ट्रव्यापी चारदिने हडतालको आयोजना गरेका छन् ।
जनवरी महिनामा हुने भनिएको संसदीय निर्वाचनका विषयमा अवरोध हटाउन गत साता प्रधानमन्त्री हसिनाले सर्वदलीय अन्तरिम सरकार गठन गर्ने प्रस्ताव राखेकी थिइन ।
प्रमुख प्रतिपक्षी दल बीएनपी तथा उसका १७ सहयोगी दलले भने प्रधानमन्त्री हसिनाको नेतृत्वमा गठन हुने सरकार स्वीकार्य नहुने बताएका छन् । उनीहरूले कामचलाउ सरकारले नै निर्वाचन गराउनुपर्ने माग गरेका छन् ।
प्रधानमन्त्री हसिना सर्वदलीय सरकार गठन गर्ने योजनामा आगडि बढेपछि मन्त्रीहरूले आफ्नो राजिनामापत्र उनलाई बुझाएका हुन् ।
सरकारका प्रमुख सूचना अधिकारी अमिनुल इस्लामले निर्वाचन सरकार गठन गर्न मन्त्रीहरूले राजिनामा दिएको बताए । अर्का एक अधिकारीले मन्त्रीहरूको राजिनामा अब राष्ट्रपतिले स्वीकार गर्नुपर्ने बताए ।
बङ्गलादेशमा निष्पक्ष अन्तरिम सरकार गठन गर्न अक्टोबर २५ देखि शृङ्खलावद्ध रूपमा आम हडतालको आयोजना भइरहेको छ ।
यसबीच सत्ताधारी तथा प्रतिपक्षी दलका कार्यकर्ताबीच देशभर भएका द्वन्द्वमा २३ व्यक्तिको मृत्युभइसकेको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता खालेदा जिया दुई पटक प्रधानमन्त्री भइसकेकी छन र उनले वर्तमान सरकार गैरकानुनी भएको र निर्वाचनको तीन महिना अगाडि कामचलाउ सरकार गठन हुनुपर्ने माग गरेकी छन ।
प्रधानमन्त्री हसिनाले कामचलाउ सरकार गठन गर्ने प्रणालीका कारण सेनाले शासन नियन्त्रण गर्ने मौका पाएको भनी यस प्रणालीलाई खारेज गरेकी छन । बङ्गलादेशमा सन् १९७५ पछि सेनाले १९ पटक विद्रोह गरेको छ ।
प्रधानमन्त्री हसिनाले पद त्याग गर्ने प्रतिपक्षी प्रमुख जियाको माग अस्वीकार गर्दै यस्तो कार्य असंवैधानिक हुने दाबी गरेकी छन ।
बङ्गलादेशमा सन् १९९१ देखि हसिना तथा जियाले पालैपालो शासन गरेका छन । सन् २००७ देखि २००८ मा सेनाले समर्थन गरेको सरकारले शासन चलाएको थियो ।
निर्वाचनपूर्व गरिएको अभिमत सर्वेक्षणहरूमा बीएनपी पार्टी अगाडि देखिएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us