जर्जिया, २ मंसिर । अमेरिकी राष्ट्रपति बाराक ओबामाले जर्जियाका नव नियुक्त राष्ट्रपति जर्जि माग्र्भेलासभिलीलाई बधाई दिएका छन् । ओबामाले जर्जियामा प्रजातान्त्रिक प्रक्रियाबाट भएको शान्तिपूर्ण राष्ट्रपतीय निर्वाचनको लागि जर्जियाली जनतालाई समेत बधाई दिएका हुन् । ‘म जर्जि माग्र्भेलासभिलीलाई औपचारिक कार्य सुरुवातको दिनको लागि हार्दिक बधाई...
खार्तुम, २ मंसिर– सुडानको डार्फर क्षेत्रमा मेस्सीरिया र सलामत आदिवासी समूदायबीच भएको झडपमा कम्तीमा एकसय भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडान रेडियोका अधिकारीहरूले जनाएका छन् । मध्य डाफर राज्यको एक डोक्होन क्षेत्रमा मेस्सीरिया र सलमातका आदिवासीबीच भएको झडपमा करिब एकसय व्यक्तिको मृत्यु हुनुको साथै...
काठमाण्डु, २ मंसिर– अब्दुल्ला यामीन मालदिभ्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा अब्दुल्लाले पूर्वराष्ट्रपति मोहमद नशीदलाई पराजित गरेका हुन् । अब्दुल्लाले ५१ प्रतिशत भन्दा बढि मत ल्याएका छन् भने नशीदको पक्षमा ४८ प्रतिशत मत खसेको छ । पहिलो चरणको चुनावमा तीनजनाबीच प्रतिस्पर्धा...
रावलपिण्डी, १ मंसिर । शुक्रबारदेखि जातीय हिंसा मच्चिन थालेपछि पाकिस्तानी सहर रावलपिण्डीमा कर्फ्यू जारी गरिएको छ । शुक्रबार बिहानदेखि सुरु भएको सो हिंसामा परी नौ जनाको ज्यान गएको छ भने अरु करिब ६० जना नराम्रगरी घाइते भएका छन् । सिया र सुन्नी मुस्लिम समुदायका...
त्रिपोली, १ मंसिर । लिबियाको राजधानी त्रिपोलीमा भएको मिलिसिया र स्थानीय नागरिकबीचको प्रदर्शनमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ । सो झडपमा परी कम्तीमा पनि ४० को ज्यान गएको र ४०० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । शुक्रबार रातिदेखि सुरु भएको सो...
कोलम्बो, १ मंसिर । श्रीलङ्काका आर्थिक विकासमन्त्री बसिल राजापक्षले श्रीलङ्कामा जातीय द्वन्द्वको अन्त्यमा युद्धअपराध भएको भनी लगाइएको आरोपका विषयमा सरकारले कुनै पनि प्रकारको अन्तर्राष्ट्रिय छानबिन हुन नदिने शनिबार बताएका छन् । उनले अन्तर्राष्ट्रिय छानबिन आवश्यक नभएको र त्यसलाई सरकारले विरोध गर्ने बताए । बसिल...
बङ्गलौर, १ मंसिर– भारतको दक्षिणी भागमा एक राजमार्गमा शनिबार श्रमिकहरूले भरिएको एक ट्रक पल्टिँदा महिला तथा बालबालिकासहित कम्तीमा २२ व्यक्तिको मृत्युभएको जानकारी प्रहरीले दिएको छ । उक्त सानो ट्रकमा ३५ श्रमिक रहेको र बेलगाउँनजिकै पल्टिएको बताइएको छ । चालकले ट्रकको नियन्त्रण गुमाउँदा सडक किनारमा...
मालद्वीप, १ मङ्सिर–मालद्वीपमा नयाँ राष्ट्रपति निर्वाचन गर्न तथा महिनौसम्मको राजनीतिक अस्थिरता अन्त्य गर्न अन्तर्राष्ट्रिय कडा दबाब परिरहेको अवस्थामा यस मुलुकमा राष्ट्रपति पदको दोस्रो चरणको मतदान शनिबार आरम्भ भएको छ । हिन्द महासागरमा अवस्थित द्वीप मुलुकमा स्थानीय समयअनुसार बिहानको ७ः३० बजे मतदान केन्द्रहरू खुला भएका...
मालद्वीप–संम्बैधानिक र राजनीतिक संकट बेहोर्दै आएका मालद्वीपका राष्ट्रपति मोहमद वाहिदले नयाँ राष्ट्रिय निर्वाचनको पूर्वसन्ध्यामा बिहिवार श्रीमती लिएर मुलुक छोडेका छन । नयाँ राष्ट्रपति चयनका लागि अर्को चरणको निर्वाचन शनिवार हुँदैछ । निर्वाचनमा नसिद तथा पूर्व राष्ट्रपति गयुमका भाइ अब्दुल्लाह यामिनबीच प्रतिस्पर्धा हुँदैछ । तीन...
बेइजिङ, २९ कात्तिक– चीनले आफ्नो विवादास्पद् ‘एक शिशु’ तथा ‘श्रम शिविर’ को नीतिलाई सरल बनाउने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका उच्च पदस्थ नेताहरूको बैठक सम्पन्न भएको केही दिनपछि चिनियाँ नीतिमा परिवर्तन हुने घोषणा गरिएको हो । चिनियाँ परिवार नियोजनको नीतिमा परिवर्तन गरी आमाबाबुमध्ये...
२९ कात्तिक– सार्क महासचिव अहमद सलिमले कोलम्बोमा सुरु भएको राष्ट्रमण्डल सरकार प्रमुखहरुको बैठक (सिएचओजिएम)मा सहभागिता जनाएको सार्क सचिवालयले जनाएको छ । सिएचओजिएमको बैठकमा सार्क महासचिवलाई निम्त्याइएको यो पहिलो घटना हो । यो बैठक पूर्व राष्ट्रमण्डलका विदेश मन्त्रीहरुको तयारी बैठकहरु सिरिमाओ बन्दरानायके स्मृति केन्द्रमा कात्तिक...
हनोई, २९ कात्तिक– भियतनामले त्यहाँका महिलालाई करिब ३८ प्रकारका काममा प्रतिबन्ध लगाएको समाचार छ । शुक्रबार ती प्रतिबन्ध लगाइएका कामहरुका बारेमा जानकारी गराइएको हो । त्यहाँको श्रम मन्त्रालयले आगामी डिसेम्बर १५ तारिखदेखि तोकिएका ती काममा महिलालाई प्रतिबन्ध लगाइएको बताइएको छ । ती कामहरुमा र्याफ्टिङ...