भारतमा ट्रक पल्टिँदा, २२ श्रमिकको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर १ गते ११:१३ मा प्रकाशित

बङ्गलौर, १ मंसिर– भारतको दक्षिणी भागमा एक राजमार्गमा शनिबार श्रमिकहरूले भरिएको एक ट्रक पल्टिँदा महिला तथा बालबालिकासहित कम्तीमा २२ व्यक्तिको मृत्युभएको जानकारी प्रहरीले दिएको छ ।

उक्त सानो ट्रकमा ३५ श्रमिक रहेको र बेलगाउँनजिकै पल्टिएको बताइएको छ । चालकले ट्रकको नियन्त्रण गुमाउँदा सडक किनारमा ठक्कर खाएको बेलगाउँका प्रहरी प्रमुख चन्द्र गुप्ताले बताए । दुर्घटनामा बाँच्न सफल एक यात्रुले चालक अर्धनिद्रामा रहेको बताए । यस दुर्घटनामा १२ व्यक्ति घाइते भएका छन् भने प्रहरीले चालकले लापरवाही गरेको भनी मुद्दा दायर गरेको गुप्ताले बताए ।

गत महिना मुलुकको दक्षिणी भागमा एक राजमार्गमा उच्च गतिमा रहेको एक बसमा आगो लाग्दा ४५ यात्रुको मृत्युभएको थियो । भारतमा सन् २०१२ मा सडक दुर्घटनामा एक लाख ४० हजार व्यक्तिको मृत्युभएको जानकारी सरकारको राष्ट्रिय अपराध तथ्याङ्क विभागले जानकारी दिएको छ । रासस/ एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us