पाकिस्तानी सहर रावलपिण्डीमा कर्फ्यू

काठमाण्डु टुडे २०७० मंसिर १ गते १४:२६ मा प्रकाशित

रावलपिण्डी, १ मंसिर । शुक्रबारदेखि जातीय हिंसा मच्चिन थालेपछि पाकिस्तानी सहर रावलपिण्डीमा कर्फ्यू जारी गरिएको छ ।

शुक्रबार बिहानदेखि सुरु भएको सो हिंसामा परी नौ जनाको ज्यान गएको छ भने अरु करिब ६० जना नराम्रगरी घाइते भएका छन् । सिया र सुन्नी मुस्लिम समुदायका नागरिकका बीचमा सो झडप जारी रहेको बताइएको छ । सिया मुस्लिम समुदायका नागरिकको मोहराम पर्व मनाउने क्रममा सुन्नीहरुले आक्रमण गरेका बताइएको छ ।

रावलपिण्डीका एकजना प्रहरी अधिकारी वासिम अहमदले भने– ‘दुई समुदायबीचको जातीय हिंसा कायमै रहेपछि थप हिंसा नहोस भनेर कर्फ्यू जारी गरिएको हो ।’ ती अधिकारीकाअनुसार शुक्रबार अपरान्हदेखि जारी गरिएको सो कफ्र्यू शनिबार मध्यरातिसम्म कायम रहने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us